Rule 35
कारबाहीको निमित्त अनुरोध गर्न सक्ने
कसैले ऐन वा यस नियमावली विपरीत निषेधित कार्य गरेकोले निजउपर ऐन वा यस नियमावली बमोजिम कारबाही गर्न आवश्यक छ भनी सम्बन्धित समिति वा संरक्षण अधिकृत वा प्रमुखले मुद्दाको तहकिकात गर्ने वा मुद्दा दायर गर्ने अधिकारीलाई लिखित अनुरोध गर्न सक्नेछ ।